बालुवाटारमा नेकपा सचिवालय बैठक शुरु

Prabhu Bank

काठमाडौं। नेकपाको सचिवालय बैठक बालुवाटारमा  भर्खर शुरु भएको छ। आज यसअघि शुक्रबारको बैठकमा अध्यक्ष प्रचणले पेश गरेकाे प्रस्तावको जवाफ अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दिने तयारी रहेकाे छ। तर, त्यसका लागि केही दिनको समय ओलीले माग्ने तयारी रहेको बुझिएकाे छ।

Saftey Pads

प्रचण्डले राखेको प्रतिवेदनको जवाफ नदिने नेताहरुसँग यसअघि नै ओलीले बताएका थिए। तर, विभिन्न छलफल र भेटवार्तापछि ओली छलफलमा बस्न तयार भएको जनाइएको छ। आजै दुई बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। त्यसैले सचिवालय बैठक छोटो समय मात्रै बस्ने तयारी छ।

अन्य सम्बन्धित समाचार:  संसद छिटो खोलियोस्ः सुजाता कोइराला
Maruti Cement