प्रधानमन्त्री ओलीले प्रचण्डका आरोपको उत्तर दिनुपर्छ: गगन थापा

Prabhu Bank

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएका आरोपको उत्तर दिन नेपाली कांग्रेसका नेता गगन थापाले चेतावनी दिएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रतिवेदनमा ओलीमाथि लगाएका आरोप नेकपाको आन्तरिक विषयमात्र नरहेको टिप्पणी गर्दै राष्ट्रिय सरोकारको विषय भएको नेता थापाले उल्लेख गरेका छन्।

Saftey Pads

नेकपाको आन्तरिक शक्तिसङ्घर्ष र कलहबीच विदेशी गुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको भेटको विषय अनि नेकपाका नेताहरूले  चिनियाँ राजदूतसँग गरेको अस्वाभाविक भेटघाट समेतका बारेमा प्रधानमन्त्री र सिङ्गो नेकपाले उत्तर दिनुपर्ने उनको भनाइ छ।

दुई अध्यक्षलाई दुई पाइलट उल्लेख गर्दै नेता थापाले गोप्य कोठामा, बैठकमा, सामूहिक रूपमा औपचारिक, अनौपचारिक ढङ्गले के-कस्ता सहमति र सौदाबाजी भए र ती कसले पालना गरे, कसले गरेनन् त्यो पनि पार्टीकै आन्तरिक चासोका विषय भएकाले गुटबन्दी, षड्यन्त्र, विभाजन गर्न खोजेको र  नेकपाको असली आमा को हुन् भनी छुट्याउन जिम्मा नेकपाका नेताहरूको भएको उल्लेख गर्दै उनले भ्रष्टाचारलगायतका विषयमा भने सरकार र नेकपाले उत्तर दिनुपर्ने उनको माग छ।

अन्य सम्बन्धित समाचार:  भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने: मन्त्री अर्याल
Maruti Cement