हुम्लाका शैक्षिक संस्था कोरोनाका कारण पुनः बन्द

Prabhu Bank

हुम्ला। हुम्लाका शैक्षिक संस्थाहरु कोरोना भाइरसको संक्रमणका कारण पुनः बन्द भएका छन्।

Saftey Pads

बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले बिहीबारदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो। जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा जाँचमा कडाइ गरिने समेत निर्णय गरिएको छ।

जिल्ला बाहिरबाट आउने व्यक्तिलाई प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा समेत कडाइ गरिने भएको छ। लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द हुने निर्णयले विद्यार्थीलाई समस्या भएको छ। सबै शैक्षिक संस्था अर्को व्यवस्था नहुँदासम्मका लागि बन्द हुने छन्।

उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङस्थित महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सम्बन्धित गाउँपालिकाले आफ्ना माताहतका सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन कार्य बन्द गराउनुका साथै बन्द भए नभएको अनुगमन शिक्षा विकास तथा समन्वय एकाइ समिति र गाउँपालिकाले गर्ने भएका छन्।

अन्य सम्बन्धित समाचार:  'जुगजुग जिओ'को निर्देशकसहित ३ कलाकारलाई कोरोना, छायाँकन स्थगित

नाम्खा र सिमकोट गाउँपालिकामा आवतजावत तीन दिनका लागि बन्द गरिएको छ। उत्तरी नाम्खा गाउँपालिकामा पाँच दिनको अवधिमा ५६ जनामा कोरोना सङ्क्रण पुष्टि भएको छ। सिकिस्त बिरामीलाई सुविधायुक्त अस्पतालसम्म पुर्याउन कर्णाली प्रदेश सरकारलाई हेलिकप्टरको व्यवस्थाका लागि आग्रह गरिने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए।

Maruti Cement