झापामा कोरोनाबाट थप एक वृद्धको मृत्यु

Prabhu Bank

झापा। झापाको दमक नगरपालिकामा थप एक वृद्धको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

Saftey Pads

दमक ९ का ७० वर्षीय बलबहादुर धिमालको बिहीबार बिहान मृत्यु भएको हो। ति वृद्धमा गत कात्तिक १ गते विराटनगरस्थित नोवेल अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको केही दिनदेखि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार गरिँदै थियो। खर्चको अभाव तथा स्वास्थ्य अवस्था जटिल भएपछि ति वृद्धलाई बुधबार साँझ मात्र दमक नगरपालिकाको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको हो।

अन्य सम्बन्धित समाचार:  मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीमा एकजनाको मृत्यु
Maruti Cement