ओलीले भने, आरोपको छिनोफानो नभएसम्म एकता प्रक्रिया असम्भव

Prabhu Bank

काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लागेका आरोपहरुको छिनोफानो नगरी पार्टी एकताको प्रक्रिया अगाडि बढाउन सम्भव नहुने बताएका छन्।

Saftey Pads

ओलीले बुधबारको सचिवालय बैठकमा आफूमाथि लागेका आरोपहरुको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र सम्भव नहुने बताएका हुन्।

ओलीले आफूमाथि लगाइएका आरोपहरु गलत भएको बताए। आफूमाथि लगाइएका तथ्यहीन, आधारहीन, पार्टी एकतामा गम्भीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोप कुनै पनि हालतमा स्वीकार नगर्ने ओलीको भनाइ छ।

शुक्रबार बसेको पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई राष्ट्रघाति र भ्रष्टाचारीको संरक्षकलगायत आरोप लगाएका थिए। प्रचण्डले विभिन्न आरोपसहितको प्रस्ताव बैठकमा राखेका थिए।

अन्य सम्बन्धित समाचार:  देशभरमा १ हजार ४९० संक्रमित थपिए: १ हजार ५६७ डिस्चार्ज
Maruti Cement