दाङका संक्रमितको नेपालगञ्जमा मृत्यु

नेपालगञ्ज। बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु भएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो। गत कात्तिक २४ गते राप्ती विज्ञान प्रतिष्ठान, घोराहीमा जाँच गर्दा पोजिटिभ रिपोर्ट आएको थियो।

होम आइसोलेशनमै रहेका उनलाई २७ गते कोहलपुर मेडिकल कलेज भर्ना गरिएको थियो। उनी मधुमेह र मिर्गौला रोगबाट पीडित थिए।

अन्य सम्बन्धित समाचार:  नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज खोप