मकवानपुरमा तीन वर्षीया बालिकाको हत्या

हेटौँडा। पूर्वी मकवानपुरको वाग्मती गाउँपालिकामा तीन वर्षीया बालिकाको हत्या भएको छ।

वाग्मती गाउँपालिका–७ लामिटारकी रुबिना पाख्रिनको बुधबार साँझ हत्या भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। उनको बलात्कारपछि ढुङ्गाले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।

गम्भीर घाइते रुबिनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको छ।

अन्य सम्बन्धित समाचार:  ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई ट्रक चालक पक्राउ