एजेन्सी। अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ बाट एक करोड १४ लाख ९८ हजारभन्दा बढी संक्रमित भएका छन्।
पछिल्लो समय अमेरिकामा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। दैनिक संक्रमित थपिने क्रम जारी छ। कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गए पछि न्यूयोर्कले बिहीबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
विश्वभर कोभिड–१९ बाट १३ लाख ४६ हजार सात सयभन्दा बढीको ज्यान गएको छ। विश्वभर संक्रमितको संख्या पाँच करोड ६१ लाख ८ हजार नाघेको छ। तीव्र संक्रमणका कारण अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित भएको देशमा पर्छ।