एजेन्सी। दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ।
कुल ६५० किलो तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको छ। ट्याक्सीले १३० किलोमिटरको गतिमा उडान भर्नसक्ने बताइएको छ।
परीक्षणमा छ वटा हवाई ट्याक्सी परीक्षण गरिएको थियो। ती हवाई ट्याक्सीलाई चिनियाँ पाइलटलेस एयर ट्याक्सी फर्म इहाङले निर्माण गरेको हो। ड्रोन ट्याक्सीले शहरी हवाई गतिशीलताको विकास गर्ने, भूमिगत यातायातको भीड कम गर्ने र इञ्जिन सुरक्षित गर्ने बताइएको छ।
शहरी भागमा ट्राफिक व्यवस्थापनका लागि समेत सहयोगी हुनेछ। गत अप्रिलमा ७० किलो चामलको बोरासहित हवाई ट्याक्सीको सफलतापूर्वक परीक्षण गरिएको थियो।