अश्लील भिडियो बनाएर ‘ब्ल्याकमेल’ गरेको आरोपमा पक्राउ

बालिका बलात्कार

सिरहा। २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लील भिडियो बनाई ब्ल्याकमेल गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। ती महिलालाई सोही नगरपालिका-४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई ब्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो।

हाल फरार रहेका रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।