क्यानको आयाेजनामा नेपाल प्रिमियर लिग हुने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने भएको छ। क्यानको बुधबार भएको भर्चुअल वार्षिक साधारण सभाले एनपीएल आयोजना गर्ने निर्णय गरेको हो। क्यानको स्वामित्वमा रहने गरी नेपाली क्रिकेटको हितअनुकूल केन्द्रीय कार्यसमितिलाई नेपाल प्रिमियर लिगको सम्झौता प्रक्रियाअघि बढाउन जिम्मेवारी दिइएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

लिगको समय भने अहिले तय गरिएको छैन।

अन्य सम्बन्धित समाचार:  शहीद स्मारक ’बी’ डिभिजन लिग: बाँसबारी बराबरीमा रोकियो