रहेनन् पत्रकार गोकर्ण गाैतम

काठमाडौँ। पत्रकार गोकर्ण गौतमको आज बिहान मृत्यु भएको छ। कान्तिपुर दैनिकमा कार्यरत २९ वर्षीय पत्रकार गौतमको आज बिहान न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो। टाउकोको नसा सुनिएको देखिएपछि न्यूरो अस्पतालमा उनको शल्यक्रिया भएकामा शल्यक्रिया सफल हुन नसकेपछि मृत्यु भएको बुझिएको छ।

काठमाडौँमा बसेर पत्रकारिता गर्दै आएका मकवानपुरका स्थायी बासिन्दा गौतमले अंग्रेजी पत्रिका न्यूपेपर लगायत देशान्तर र नेपाल म्यागजिनमा पनि काम गरेका थिए। उनका श्रीमती, आमाबुवा र तीन दाइ छन्। उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि हुने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  आज देशभरको मौसम सफा रहने