अनअराइभल भिषा प्राप्त गरि नेपाल आउन सकिने: अध्यागमन विभाग

काठमाडौं। नेपालको अन्तराष्ट्रिय सीमानाका ३० मंसिरसम्म बन्द गरेकाे अवस्थामा गैरआवासीय नेपाली र विदेशी नागरिकले भने नेपाल आउन पाउँने व्यवस्था रहेकाे छ। यस व्यवस्था अनुसार नेपालस्थित कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र अन्तराष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत विदेशी र उनीहरुको परिवारले अनअराइभल भिषा प्राप्त गर्न सक्ने अध्यागमन विभागले जनाएकाे छ।

यसबाहेक नेपाली मुलका गैरआवासीय विदेशी नागरिक र उनीहरुको परिवारलाई समेत यस्तो सुविधा दिइएको बताईएकाे छ। विभागका अनुसार यी विदेशी नागरिकले निर्वाध नेपाल आउन भने पाउँदैनन्।

उनीहरुको ७२ घण्टा भित्रको पिसिआर परिक्षणमा नेगेटिभ भएको प्रमाणसमेत साथमै ल्याउनु पर्ने भएको छ पिसिआर रिर्पोट नेगेटिभ आएका अभिभावकसँगै आउने ५ वर्षभन्दा मुनीका बालबालिकाको हकमा भने पिसिआर अनिवार्य गरिएको छैन ।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधि सभाः हिउँदे अधिवेशन आइतबार सुरु हुँदै

कामदार तथा घुमफिरको लागि आउने पर्यटक

नेपालमा रहेर विभिन्न आयोजनामा काम गर्दै आएका कामदार तथा घुमफिरको लागि आउने पर्यटकले भने संस्थागत सिफारिसमा मात्र नेपाल आउन पाउँने व्यवस्था रहेकाे छ।

यसअनुसार यस्ता विदेशी नागरिकले नेपाल आउनु अगाडी परराष्ट्र, गृह वा पर्यटन मन्त्रालय तथा विदेशी कुटनीतिक नियोगबाट पूर्वस्वीकृति/सिफारिस लिनु पर्ने भएको छ।

उनीहरुले पूर्वस्वीकृति पाएको प्रमाणपत्र र राहदानी बोकेर आएको अवस्थामा मात्र प्रवेश बिन्दुमै भिषा प्राप्त गर्ने विभागले स्पष्ट पारेको छ। यसरी आउने विदेशी र पर्यटकले समेत स्वास्थ सम्बन्धी प्रावधानको भने अनिवार्य पालना गर्नुपर्छ। त्यसमा ७२ घण्टायताको पिसिआर नेगेटिभ रिर्पोट अनिवार्य गरिएकाे छ।