आज छठ पर्वको तेस्रो दिन: खरना मनाइँदै

Prabhu Bank

धनुषा। छठपर्वको तेस्रो दिन आज खरना मनाइँदैछ। आस्था र निष्ठापूर्वक घरघरमा मनाइने छठपर्वको तेस्रो दिन मिथिलाञ्चलमा आज बेलुका खरना मनाउने गरिन्छ। दिनभर निराहार उपवास बस्ने व्रतालु बेलुका घरमा सख्खर र खीर चढाएर खरना पर्व मनाउने गर्छन्। आजका दिन युवाहरु मिलेर छठ मनाइने नदी, ताल या पोखरीको किनार तथा सडक सफा गर्ने, घाँस खुर्किने र पानीलाई सफा गर्ने चलन छ।

Saftey Pads

त्यस्तै व्रतको चौथो दिनलाई सन्ध्या अर्घ भन्ने गरिन्छ। भोलि व्रतालु निराहार व्रत बसेर घरमा तयार पारिएको ठेकुवा, भुसुवा लगायतका मिठाइहरु, नैवेद्य, फलफूल , नरिवल, केरालगायतका पूजा सामग्रीसहित बेलुका नजिकै रहेको जलाशयमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन रहेको छ।

अन्य सम्बन्धित समाचार:  त्रिशूलीमा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला

छठको अन्तिम दिन बिहान उदाँउदो सूर्यलाई अर्घ दिएर व्रतको समापन गर्ने गरिन्छ।

Maruti Cement