देशभरमा २ हजार १०३ संक्रमित थपिए: १७ जनाको मृत्यु

संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २ हजार १०३ कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या २ लाख १५ हजार २० सय पुगेको छ। त्यसैगरी देशभरमा २ हजार ८५८ जना डिस्चार्ज भएर घर फर्किएसँगै हालसम्म कोरोना जित्नेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ।

हाल देशभर २८ हजार १०६ जना सक्रिय संक्रमित छन्। तीमध्ये सबैजना आइसोलेसनमा छन् भने ७६७ जना क्वारेन्टाइनमा रहेका छन्। पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएसँगै हालसम्म देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २७६ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा उपचुनावमा एमालेको उम्मेदवार गृहमन्त्री बादल नै