भारतीय दुधुवा नेशनल पार्कमा नेपाली युवकको  हत्या

इन्दु धामी, कञ्चनपुर।  कञ्चनपुरको सीमा जोडिने भारतीय दुधुवा नेशनल पार्कमा एकजना नेपाली नागरिकको हत्या भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ७ उदरी बस्ने ३५ वर्षीय शिवलाल रानाको बिहीबार हत्या भएको प्रहरीले जनाएको  छ। बुधबार घरबाट निस्केका रानाको छातीमा गहिरो चोट लागेको थियो। मृतक रानाका आफन्तले उनीमाथि गोली प्रहार भएको बताएपनि प्रहरीले भने यसलाई तत्काल पुष्टि गर्न सकेको छैन।

घटना भएको थाहा पाएपछि नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मी घटना स्थलमा पुगी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।