नेपाल प्रहरीमा १ एआईजी र ५ डीआईजीको दरबन्दी थप

Prabhu Bank

काठमाडाै‌। सरकारले नेपाल प्रहरीमा १ अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र ५ प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेकाे छ।मन्त्रिपरिषद् बैठकले दरबन्दी थप गरेको  पत्र गृह मन्त्रालयलाई पठाएकाे बुझिएकाे छ। संघीयता कार्यान्वयनका क्रममा प्रहरीको समायोजन लगायत जिम्मेवारी मिलानका लागि दरबन्दी थप गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ। यसअघि प्रहरीमा ३ एआईजी र १४ डीआईजीको दरबन्दी थियो। अब प्रहरीमा एआईजी ४ र डीआईजी १९ हुने भएका छन्।

Saftey Pads

यसअघि सरकारले प्रहरी मुख्यालयमा २, साइबर ब्यूरोमा १, विमानस्थलमा १ वटा डीआईजीको दरबन्दी कटौती गरेको थियो। सरकारले प्रशासन तर्फका ३२ डीआईजीको दरबन्दी घटाएर १४ डीआईजीमा झारेको थियो।

अन्य सम्बन्धित समाचार:  संसद छिटो खोलियोस्ः सुजाता कोइराला
Maruti Cement