निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरी भिडियाे अपलोड गरेको आरोपमा तीन जना पक्राउ

Prabhu Bank

भक्तपुर। मध्यपुर थिमि बस्ने निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरी भिडियो टिकटकमा अपलोड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले बिहीबार भक्तपुर नगरपालिका ५ ताैमढीबाट उनीहरूलाई पक्राउ गरेको परिसरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन्। निकिशामाथि भक्तपुर नगरपालिका-१ दूधपाटीमा बुधबार दुर्व्यवहार गरी सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि यसको चर्को विरोध भएको थियो।

Saftey Pads

त्यसलगत्तै नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्युरोलाई छानबिन र अनुसन्धान गर्न पत्राचार गरेपछि भक्तपुर प्रहरीले पक्राउ गरेको बताइएको छ।

सार्वजनिक भएको भिडिओमा मोटरसाइकलमा सवार व्यक्तिले निकिशालाई अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरेको र आफूलाई दुर्व्यवहार गरेपछि श्रेष्ठले ती मानिसलाई लखेटेको देखिन्छ। प्रहरीले बिहीबार टौमढीका १७ वर्षीय विशेष जोशी, दूधपाटीका १७ वर्षीय रितश लाखे र १८ वर्षीय साखिल भन्ने रोहित खत्रीलाई तौमढीमा रहेको आफन्तको घरबाट पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिइन्।

अन्य सम्बन्धित समाचार:  पत्रकार कुट्ने मालपोतका कर्मचारी पक्राउ

प्रहरीको अनुसन्धानमा खत्रीले अपशब्द बोल्दै भिडियो खिचेको, लाखेले मोटरसाइकल चलाएको र जोशीले भिडियो अपलोड गरेको खुलेको छ। प्रहरीको साइबर ब्युरोले समेत यसबारेमा थप अनुसन्धान गरिरहेको बताइएको छ।

Maruti Cement