पिसीआर रिपोर्टबिना हुम्ला पुगेका दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

Prabhu Bank

हुम्ला। हुम्लामा पिसिआर रिपोर्टबिना आएका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रण्मा लिएको छ।

Saftey Pads

हवाईजहाजमार्फत सिमकोट पुगेका उनीहरुलाई विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्लामा कोरोना सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी आएका दुवै जनालाई नियन्त्रणमा लिइएको हो।

कालिकोट र जाजरकोट घर भएका दुवै जनालाई विमानस्थलमा स्थापना गरिएको हेल्थ डेस्कमा जाँचका क्रममा पिसीआर रिपोर्ट माग्दा नदिएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुवै जनालाई सिमकोट गाउँपालिकाको शिल्पकला भवनमा राखिएको छ। उनीहरूको शुक्रबार पिसिआर परीक्षण गरिने जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। साथीको विवाहका लागि दुवै जना बिहीबार सुर्खेतबाट हुम्ला आएका हुन्।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोनाबाट वृद्धको मृत्यु
Maruti Cement