राष्ट्रपति भण्डारी छठ पूजामा सहभागी नहुने

Prabhu Bank

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक नहुने भएकी छिन्।

Saftey Pads

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार राष्ट्रपति भण्डारी विगत वर्षमा काठमाडौँका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन्।

यस वर्ष कोरोना महामारीका कारण सहभागी नहुने घिमिरेले बताए। राष्ट्रपति भण्डारी वडादशैंमा पनि शक्तिपीठको दर्शन र भ्रमणमा गएकी थिइनन्।

शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ शुक्रबार श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ।

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्नेछन् ।

अन्य सम्बन्धित समाचार:  नेपाललाई परराष्ट्रमन्त्रीस्तरीय वार्ताका लागि भारतको निम्तो
Maruti Cement