हुम्लामा एउटै विद्यालयका ३२ विद्यार्थीलाई कोरोना

हुम्ला। हुम्लाको नाम्खा गाउँपालिकाको यालबाङस्थित महाबौद्ध माध्यमिक विद्यालयका ३२ विद्यार्थी कोरोना भाइरसबाट संक्रमित भएका छन्।

एउटै विद्यालयमा यतिधेरै विद्यार्थीमा कोरोना देखिएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएका छन्। विद्यालयको छात्रावासमा बस्दै आएका ३२ विद्यार्थीमा कोरोना पुष्टि भएको हो।

विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मण थापाले छात्रावासका करिब एक सय विद्यार्थीको स्वाब परीक्षण गरिएको बताए। रिपोर्ट नेगेटिभ आएका विद्यार्थीलाई घर पठाइएको छ।

संक्रमितलाई छात्रावासकै आइसोलेसनमा राखिएको छ। कोरोना देखिएका विद्यार्थीलाई तातोपानी खुवाएर राखिएको थापाले बताए।

संक्रमित छात्रछात्रा १२ वर्षदेखि १८ वर्षसम्मका छन्।

अन्य सम्बन्धित समाचार:  देशभर थप ७८ जनामा कोरोना संक्रमण पुष्टि