नाडाल एटीपी टेनिसको सेमिफाइनलमा

एजेन्सी। विश्व नम्बर दुई खेलाडी राफायल नाडाल एटीपी टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्।

बेलायतको राजधानी लण्डनमा बिहीबार राति भएको खेलमा ग्रिसका स्टेफानोस सिट्सीपासलाई पराजित गर्दै नाडालले अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन्।

३४ वर्षीय नाडालले स्टेफानोसविरुद्धको खेल ६–४, ४–६ र ६–२ अंकले जिते।

बीस पटकको ग्राण्डस्लाम विजेता नाडालले सेमिफाइनलमा अब रुसका डानिल मेदभेदेबसित खेल्ने छन्।

अन्य सम्बन्धित समाचार:  अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार