बोबी वाइन पक्राउ परेपछि राजधानी कम्पालामा हिंसा

एजेन्सी। युगाण्डामा राष्ट्रपति पदका उम्मेदबार बोबी वाइन पक्राउ परेपछि राजधानी कम्पालामा हिंसा भड्किएको छ। हिंसात्मक प्रदर्शनमा परी १६ जनाको मृत्यु भएको छ।

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले लागू गरेका नियम उल्लंघनको आरोपमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको हो।

कम्पालाबाट हालसम्म ३०० जनालाई पक्राउ गरिएको विदशी सञ्चारमाध्यमहरुले जनाएका छन्। प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कयौँ व्यक्ति घाइते भएका छन्।

राष्ट्रपतिको निर्वाचनमा बोबी वाइन हालका युगाण्डाका राष्ट्रपति युओरी मुसेभेनीका प्रमुख प्रतिद्वन्द्वी हुन्। उनी युगान्डाका प्रसिद्ध पप गायक पनि हुन्।

विपक्षी राजनीतिक दलको नेता रहेका बोबी वाइनलाई पक्राउ गरेपछि समर्थकहरुले कम्पालामा विरोध प्रदर्शन गर्दै आएका छन्।

अन्य सम्बन्धित समाचार:  आणविक सम्झौताबारे छलफल गर्ने अमेरिकाको प्रस्ताव इरानले गर्याे अस्वीकार