सुनचाँदीको भाउ घट्यो

काठमाडाैं। आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ। तोलामा ४ सय रुपैयाँ घटेर सुन आज तोलाको ९४ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ तोलामा ९४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको थियो।

हिजोभन्दा तोलामा ५ रुपैयाँ घटेर चाँदी आज तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्टिय बजारमा भएको घटबढ अनुसार नेपालमा पनि सुनचाँदीको भाउमा घटबढ हुने गरेको छ।

अन्य सम्बन्धित समाचार:  भूकम्पले घर क्षति भएका थप ५४५ को निवेदन