एजेन्सी। भारतमा विवाह समारोहबाट फर्किएको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। उक्त गाडी उत्तरप्रदेशको प्रतापगढ जिल्ला प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किँदा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको हो। विवाह समारोहबाट फर्कँदै गरेको गाडी टायर पङ्क्चर भएर सडकको छेउमा रोकिराखेको ट्रकमा ठोक्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
दुर्घटना लगत्तै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दु:ख व्यक्त गर्दै दुर्घटनास्थलमा पुगेर आवश्यक सहयोग गर्न प्रशासनलाई निर्देशन दिएका छन्।