कोभिड-१९ ले पोखरामा एकैदिन ७ जना संक्रमितको मृत्यु

Prabhu Bank

कास्की। कोरोना भाइरस (कोभिड-१९) को कारण पोखरामा एकैदिन ७ जना संक्रमितको मृत्यु भएको छ। कास्कीको पाेखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुषको मृत्यु भएको हो।

Saftey Pads

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमापोखरा महानगरपालिका-१७, कास्कीका २९ वर्षीय पुरुषको शुक्रबार मध्याह्न मृत्यु भएको हाे। निमोनिया भएर अस्पताल गएका उनलाई ५ मंसिरमै कोरोना संक्रमण पुष्टि भएको थियो।

पोखरा महानगरपालिका-१३, कास्कीका ५५ वर्षीय पुरुषको  पनि  शुक्रबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। मिर्गौलासम्बन्धी समस्या भएका उनलाई निमोनिया भएको थियो र शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो।

पोखरा महानगरपालिका-८, कास्कीका ५४ वर्षीय पुरुषको शुक्रबार विहान गण्डकी मेडिकल केलजमा मृत्यु भएको छ। उनलाई २७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनलाई निमोनिया समेत भएको थियो।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोनाबाट वृद्धको मृत्यु

गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका-२७, कास्कीका ७१ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हाे। श्वासप्रश्वासमा समस्या आउनुका साथै निमोनिया भएका उनलाई २९ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो।

पोखरा महानगरपालिका-९, कास्कीका ६८ वर्षीय पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हाे। निमोनिया भएर अस्पताल गएका उनलाई ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो।

पोखरा महानगरपालिका-२१, कास्कीका ७५ वर्षीय पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। निमोनिया भएर अस्पताल गएका उनलाई ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसैगरि म्याग्दे गाउँपालिका-४, तनहुँका ५१ वर्षीय पुरुषको शुक्रबार विहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ। उनलाई ३ मंसिरमा कोरोना संक्रमण देखिएको थियो।

Maruti Cement