नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा

काठमाडौं। नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ। शुक्रबार गृह मन्त्रालयले निकालेकाे नामावलीमा महानगरीय प्रहरी प्रमुखमा अशोक सिंहलाई ल्याईएकाे छ। श्यामलाल ज्ञवालीलाई भने प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ। यस्तै महानगरीय प्रहरी परिसर, ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ।

ललितपुरमा रहेका टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य महाशाखा नक्सालमा सरुवा गरिएको छ। महानगरीय ट्राफिक प्रहरी शाखाको प्रमुखमा एसएसपी जनक भट्टराई आएका छन्।एसएसपी भीम ढकाललाई प्रहरी प्रधान कार्यालय, सामुदायिक प्रहरी महाशाखामा सरुवा गरिएकाे छ।https://www.nepalpolice.gov.np/images/documents/transer/ssp-saruwa-2077-08-05.pdf

अन्य सम्बन्धित समाचार:  महिला, किशोरीलाई आत्मसुरक्षा तालीम