काठमाडौं-तराई/मधेश द्रुतमार्ग प्रवेश बिन्दुमा खाेकनावासीकाे अवराेध

Prabhu Bank

काठमाडौं।  ललितपुरका खोकनावासीले काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाले व्यक्तिगत जग्गा मिचेर प्रवेश बिन्दु बनाएको भन्दै  निर्माण कार्यमा अवरोध पुर्याएका छन्।

Saftey Pads

शुक्रबार स्थानीयले  खुदोलमा बन्दै गरेकाे प्रवेश बिन्दु निर्माणमा आफूहरूलाई जानकारी नदिई सरकारले धमाधम व्यक्तिगत जग्गामा द्रुतमार्गको काम गरेकाेमा आपती जनाए।

खोकना, बुङमती र डुकुछापका स्थानीयले जतिसुकै मुआब्जा निर्धारण भए पनि आफ्नो जग्गा छाड्न नसक्ने अडान राख्दै आएका छन्। सरकारले गैरकानूनी तरिकाले पुरातात्विक तथा सांस्कृतिक महत्वको वस्ती जवरजस्ती उजाड गर्न लागेको जनसरोकार समिति खोकनाका कोषाध्यक्ष कृष्ण डंगोलले आराेप लगाए।

द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले ललितपुर, मकवानपुर, काठमाडौं लगायतका कतिपय जग्गाधनीले आयोजनामा परेका जग्गाको मुआब्जा लिन बाँकी रहेको स्विकारीसकेको छ। ललितपुरका कतिपय स्थानका मुआब्जाको मूल्यांकन समेत हुन बाँकी रहेको सेनाले जानकारी दिएको छ।

अन्य सम्बन्धित समाचार:  ८५ वर्षीय बिर्खबहादुरले आफ्नै लगानीमा विश्रामस्थल निर्माण गरे

खोकना सहित ८०७ रोपनीको मुआब्जा वितरण कार्य भने बाँकी रहेको सेनाको अभिलेख छ।

Maruti Cement