काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४५ कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ सय पुगेको छ। त्यसैगरी देशभरमा ५ हजार ३६४ जना डिस्चार्ज भएर घर फर्किएसँगै हालसम्म कोरोना जित्नेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।
हाल देशभर २४ हजार ६६५ जना सक्रिय संक्रमित छन्। तीमध्ये सबैजना आइसोलेसनमा छन् भने ७५३ जना क्वारेन्टाइनमा रहेका छन्। पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएसँगै हालसम्म देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २९८ पुगेको छ।