एजेन्सी। सन् २०२२ को आईसीसी महिला टी-ट्वेन्टी विश्वकप क्रिकेट एक वर्ष पछि सरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले २०२२ को विश्वकप एक वर्षपछि सार्ने निर्णय गरेको हो।
दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकप अब २०२३ को फेब्रुवरी ९ देखि २६ सम्म हुनेछ। यस अघि महिला विश्वकप २०२२ को अन्तिममा हुने बताइएको थियो। सन् २०२० को महिला विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको थियो। घरेलु भूमिमा भारतलाई हराएर अष्ट्रेलिया च्याम्पियन बनेको थियो।