भारतीय अभिनेता अक्षय कुमारले युट्यूबरलाई मुद्दा हाले

Prabhu Bank

एजेन्सी। सुशान्त सिंह राजपुतमो मृत्यु प्रकरणमा आफ्नो नाम जोडेर भिडियाे सामाग्री प्रसारण गरेकाे भन्दै भारतीय अभिनेता अक्षय कुमारले एक युट्यूबरविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका छन्। उनले युट्यूबर राशिद सिद्दिकीलाई ५ सय करोड क्षतिपूर्तीसहित कारवाहीको माग गरेका हुन्। अक्षयले सुशान्त सिंह राजपुतकी प्रेमिका रीया चक्रवर्तीलाई भागेर क्यानडा जान सहयोग पुर्‍याएको दावी गर्दै भिडियाे  बनाएकाे अक्षयकाे आराेप रहेकाे छ।

Saftey Pads

सिद्दिकीले सुशान्त अभिनित ‘एमएस ध्वनी : द अनटोल्ड स्टोरी’ हिट हुँदा पनि अक्षय खुशी थिएनन् भन्दै बिकाउ कथा बेचेकाे आराेप लागेकाे छ। प्रहरीले राशिदलाई यसअघि पनि पक्राउ गरेको थियो। उनले महाराष्ट्रका सीएम उद्धव ठाकरे र मन्त्री आदित्य ठाकरे बारे फर्जी खबर फैलाएको आरोपमा गिरफ्तार गरेको हो। भारतीय मिडिषाका अनुसार राशिद सिद्दिकीले चार महिनाकाे अन्तरालमा सुशान्त सिंहबारे सामाग्रीबाट मात्रै १५ लाख कमाएका थिए। पछिल्लो समय राशिद विवादास्पद् भिडियो बनाएकै कारण चर्चामा छन्।

अन्य सम्बन्धित समाचार:  धार्चेकाे फोटो प्रदर्शन
Maruti Cement