नेपालबाट तीन जना विदेशी नागरिकलाई देश निकाला गरिने

Prabhu Bank

काठमाडौं। नेपालबाट तीन जना विदेशी नागरिकलाई देश निकाला गरिने लागिएकाे छ। सरकारले लामो समयदेखि गैरकानूनी रुपमा नेपाल बसिरहेका अष्ट्रलियाका एक जना र यमनका २ जना नागरिकलाई देश निकाला गर्ने निर्णय गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका हुन्।

Saftey Pads

अस्ट्रेलियाका नागरिक लेस्ली डेन्गेटले बुझाउनुपर्ने विलम्ब शुल्क १२ हजार ७ सय ३० अमेरिकी डलर र जरिवाना बराबरको ५० हजार मिनाहा गरी देश निकाला गरिने भएको हो। यस्तै यमन गणज्यका नागरिकहरु मोहम्मद स्मेल अहमद ओवादी र नासिम स्मेल अहमद ओवादीले बुझाउनुपर्ने भिसा दस्तुर ३ हजार ६६ अमेरिकी डलर, विलम्ब शुल्क ५ हजार ११० अमेरिकी लडर र जरिवाना बापतको १ लाख मिनाहा गरी दुवै जनालाई देशनिकाला गर्ने निर्णय पनि सरकारले गरेको हो।

अन्य सम्बन्धित समाचार:  भारतद्वारा अष्ट्रेलियालाई ३०३ रनको लक्ष्य: जवाफी ब्याटिङ शुरु
Maruti Cement