दाङ। घुस लिइरहेको अवस्थामा दाङको तुलसीपुरमा रहेको मालपोत कार्यालयबाट दुई कर्मचारी पक्राउ परेका छन्। मालपोत कार्यालय तुलसीपुरको तामेली फाँटमा कार्यरत नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे सेवाग्राहीसँग नगद तीन लाख २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा शुक्रबार रङ्गे हात पक्राउ परेका हुन।
जग्गा नाप, जाँच गरी पुर्जा बनाइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले घुस रकम लिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जानकारी दिएको छ।
उनीहरूमाथि अनुसन्धान भइरहेकाे आयाेगकाे कार्यालयले जनाएकाे छ।