अमेरिकी राष्ट्रपति ट्रम्पका छोरालाई कोरोना

Prabhu Bank

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा ट्रम्प जुनियर कोरोना भाइरसबाट संक्रमित भएका छन्।

Saftey Pads

ट्रम्प जुनियरमा संक्रमण पुष्टि भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। ४२ वर्षीय ट्रम्प जुनियरलाई यो साताको सुरुमा संक्रमण पुष्टि भएको हो। उनी अहिले क्वारेन्टिनमा बसेका छन्।

उनकी प्रेमिका किम्बर्ली गिलफोयल पनि यस अघि कोरोना संक्रमित भएकी थिइन्।

राष्ट्रपति ट्रम्प, प्रथम महिला मिलानिया तथा कान्छो छोरा ब्यारोनलाई यसअघि कोरोना संक्रमण भएको थियो। शुक्रबार ट्रम्पका विशेष सहयोगी एन्ड्रयू जुलियानी संक्रमित भएका थिए।

अन्य सम्बन्धित समाचार:  सधैं होइन, एक सय दिन मास्क लगाऔंः जो बाइडन
Maruti Cement