राजा वीरेन्द्रको निजी निवास अवलोकनका लागि खुला गरिँदै

Prabhu Bank

काठमाडौं। नारायणहिटी राजदरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ अवलोकनका लागि खुल्ला गरिने भएको छ।

Saftey Pads

शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले श्री सदन खुला भएको औपचारिक रुपमा शुभारम्भ गर्दैछन्।

आइतबारदेखि सर्वसाधारणले राजा वीरेन्द्रको नीजि निवास अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए।

राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजनसहित श्री सदनमा बस्थे। विसं २०५८ जेठ १९ गते राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएदेखि श्री सदन बन्द छ। आइतबार नै गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला हुँदैछ।

श्री सदन राजा वीरेन्द्रकै डिजाइनमा २०२३ सालमा निर्माण गरिएको हो। तीन तले उक्त भवनमा १२ कोठा छन्। भुइँतलामा राजा वीरेन्द्र र रानी ऐश्वर्यको निजी कार्यालय, भान्सा कोठा, खाना खाने कोठा, मदिरा पिउने बार र विश्राम गर्ने कोठा छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले कोभिड विशेष महासभालाई सम्बोधन गर्ने

पहिला तत्कालीन युवराज दीपेन्द्र पनि भुइँतलामै बस्दथे। उमेर पुगेपछि अलग बस्नुपर्ने नियमअनुसार दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए। पहिलो तलामा राजा वीरेन्द्र सुत्ने कोठा तथा दोस्रो तलामा कान्छा छोरा निराजन र छोरी श्रुतीका कोठा छन्।

ग्यारेजमा हिटलरले राजा वीरेन्द्रलाई उपहारस्वरुप दिएको गाडी, तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी राखिएको छ। अब सर्वसाधारणले राजा वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकन गर्न पाउने छन्।

Maruti Cement