बागमती प्रदेशमा कोरोनाबाट हालसम्म ६३१ को मृत्यु

Prabhu Bank

काठमाडौँ। कोरोना भाइरसको संक्रमणबाट बागमती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भएको छ।

Saftey Pads

बागती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म एक लाख १७ हजार १९७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा पुरुषोत्तम सेढाईंका अनुसार कूल सङ्क्रमितमध्ये ९८ हजार ५५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। प्रदेशमा कोरोना सङ्क्रमणबाट निको हुने दर ८४ प्रतिशत रहेको छ।

मुलुकका कूल कोरोना सङ्क्रमितमध्ये बागती प्रदेशमा ५० प्रतिशत छ।

अन्य सम्बन्धित समाचार:  कोभिडको असर रहँदासम्म मौद्रिक नीति लचिलो रहन्छ: गभर्नर
Maruti Cement