चिनियाँ रक्षामन्त्री मंसिर १४ मा नेपाल आउँदै

Prabhu Bank

काठमाडौँ। चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणका लागि मंसिर १४ गते नेपाल आउने भएका छन्।

Saftey Pads

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईले नेपालको भ्रमण गर्न लागेका हुन्।

भ्रमणका क्रममा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुनेछ। रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका विभिन्न दलका नेताहरूसित भेटवार्ता गर्ने कार्यक्रम छ।

चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको बृहत् कार्यक्रममा पनि उनी सहभागी हुने छन्।

अन्य सम्बन्धित समाचार:  सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्विकृति
Maruti Cement