गोपीचन्द्र पार्कीलाई नेपालगन्ज म्याराथनको उपाधि, ओलम्पिकमा छनोट

Prabhu Bank

नेपालगन्ज। छैटौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन्।

Saftey Pads

नेपालगन्जमा शनिबार बिहान भएको म्याराथनमा पार्कीले उपाधि चुमेका हुन्। उपाधिसँगै पार्की सन् २०२१ मा जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदका लागि छनोट भएका छन्। उनले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी २ घण्टा १८ मिनट १९ सेकेण्डमा पूरा गरे।

कोरोना भाईरसको महामारीको कारण अन्य प्रतियोगिता नहुँदा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनको विजेतालाई ओलम्पिकमा सहभागी गराउने निर्णय गरेको थियो।

पार्की नेपालमा आयोजना भएको १३औं सागका स्वर्ण विजेता खेलाडी समेत हुन्। सागमा उनले ५ हजार मिटरको दौडमा स्वर्ण जितेका थिए।

अन्य सम्बन्धित समाचार:  दुई वर्ष भन्दा बढी हुँदा समेत बनेन डडेल्धुराको एक मात्र सेमी कभर्ड हल

महिला हाफ म्याराथनको उपाधि पनि पीएफकै पुष्पा भण्डारीले जितिन्। निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै पुष्पाले उपाधि हात परेकी हुन्।

कर्णाली प्रदेशकी मञ्जु रावत १ घण्टा ३० मिनेट ७ सेकेन्डको समय निकाल्दै दोस्रो भइन्। एक घण्टा ३८ मिनेट १४ सेकेन्डको समयसहित शर्मिला घर्तीले तेस्रो भइन्।

Maruti Cement