‘गोल्डेन बोय’ अवार्ड हाल्याण्डलाई

Prabhu Bank

एजेन्सी। जर्मन क्लब बोरसिया डर्टमण्डका युवा स्ट्राइकर अर्लिङ हालाण्डले गोल्डेन बोय अवार्ड जितेका छन्। सन् २०२० मा २१ वर्ष मुनिका उत्कृष्ट खेलाडी बन्दै हालाण्डले गोल्डेन बोय अवार्ड जितेका हुन्।

Saftey Pads
इटालियन पत्रिका टुट्टोस्पोर्ट्सले सन् २००३ बाट हरेक वर्ष यस अवार्ड प्रदान गर्ने गर्दछ। गत वर्ष जोआ फेलिक्सले यो अवार्ड जितेका थिए।
अवार्ड जित्ने क्रममा हालाण्डले जाडोन सान्चो, अल्फान्सो डेभिस, मासन ग्रीनउड र अन्सु फातीलाई पछि पारेका छन्। गत सिजन डर्टमण्ड आएका हालाण्डले २०१९/२० को सिजन ४४ गोल गरेका थिए। २० वर्षीय हालाण्डले यस सिजन ११ खेलमा ११ गोल गरिसकेका छन्।
अन्य सम्बन्धित समाचार:  पिके ६ महिना मैदान बाहिर रहन सक्ने
Maruti Cement