देशभरमा १ हजार ६७४ संक्रमित थपिए: २ हजार ३२३ जना निको भएर फर्के

Prabhu Bank

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १ हजार ६७४ कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ सय पुगेको छ। त्यसैगरी देशभरमा २ हजार ३२३ जना डिस्चार्ज भएर घर फर्किएसँगै हालसम्म कोरोना जित्नेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ।

Saftey Pads

हाल देशभर २४ हजार ९ जना सक्रिय संक्रमित छन्। तीमध्ये सबैजना आइसोलेसनमा छन् भने ७५७ जना क्वारेन्टाइनमा रहेका छन्। पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै हालसम्म देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३०५ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  सन्दीप लामिछाने कोरोना मुक्त
Maruti Cement