भारत: विषाक्त रक्सी पिएर उत्तर प्रदेशमा ६ जनाको मृत्यु, १५ गम्भीर बिरामी

एजेन्सी। भारतको उत्तर प्रदेश राज्यमा विषाक्त रक्सी पिउँदा ६ जनाको ज्यान गएको छ भने अन्य १५ जना गम्भीर बिरामी भएका छन्। प्रयागराज जिल्लामा भएको घटनामा बिरामी भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ।

प्रहरीले विषाक्त रक्सी बिक्रेतासहित तीन जनालाई पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ। बिहीबार बेलुकी एक पसलबाट रक्सी किनेर लगेकाहरू रक्सी पिएपछि बिरामी परेका थिए। बिहीबार नै एक जनाको ज्यान गएको तथा हिजो र आज गरी मृतकको सङ्ख्या ६ पुगेको खबरमा उल्लेख छ।

एक हप्ताअघि पनि उत्तर प्रदेशको राजधानी लखनउमा विषाक्त रक्सी पिएका ६ जनाको ज्यान गएको थियो।

अन्य सम्बन्धित समाचार:  चीनमा २५० नयाँ अर्बपति थपिए