नवलपरासी। किशोरी बलात्कार गरेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पन्ध्र वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कृष्ण गुप्ता र किसन केवट रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।
कात्तिक २७ गते राति किशोरी धारामा पानी लिन गएको बेला बलात्कारमा परेको उनले बताए। पक्राउ परेका व्यक्तिले किशोरीको मुख थुनेर घरभन्दा केही दूरीमा रहेको बगैँचामा लगेर बलात्कार गरेको पीडितकी आमाले बताइन्। किटानी जाहेरीका आधारमा दुई पुरुषलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।