मेस्सी बार्सिलोनामै बसेको हेर्ने ग्वार्डिओलाको चाहना

Prabhu Bank

एजेन्सी। म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी बार्सिलोनामै बसोस् भन्ने आफ्नो चाहना भएको बताएका छन्। मेस्सी बार्सिलोना छाडेर सिटी आउने चर्चा चलिरहेको समय बार्सिलोनाका पूर्व प्रशिक्षक समेत रहेका ग्वार्डिओलाले उनी स्पेनमै रहेको हेर्ने चाहना व्यक्त गरेका हुन्।

Saftey Pads

‘मेस्सी बार्सिलोनाका खेलाडी हुन्। मैले हजारौ पटक भन्दै आएको छु,’ ग्वार्डिओलाले भने, ‘एक समर्थकको हिसाबले म मेस्सीले त्यहीँबाट अन्त्य गरेको चाहन्छु।’

स्पेनका प्रशिक्षक ग्वार्डिओलाले बिहीबार मात्रै सिटीसँगको सम्झौता नवीकरण गरेका थिए। ग्वार्डिओलाले क्लबसँगको सम्झौता नवीकरण गरेसँगै मेस्सी सिटी आउने हल्ला चलेको थियो। मेस्सीको समेत बार्सिलोनासँगको सम्झौता यस सिजनको अन्त्यसँगै सकिदैछ। कप्तान मेस्सी बार्सिलोनामा खुशी छैनन्। उनले जनवरी ट्रान्सफरमा नयाँ क्लब रोज्न सक्ने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  पहिलो एक दिवसीयमा अष्ट्रेलियाद्वारा भारत ६६ रनले पराजित

यस अघि मेस्सीले बार्सिलोनालाई क्लब छाड्ने बताएका थिए तर बार्सिलोनाले उनको सरुवा रोकेको थियो। ‘उनको सम्झौता यो वर्ष सकिँदैछ। मलाई थाहा छैन उनको विचार के हुन्छ,’ ग्वार्डिओलाले भने। कीर्तिमानी ६ पटकको बालोन डी’ओर विजेता मेस्सीले २०१५ पछि क्लबमा लागि च्याम्पियन्स लिग जित्न सकेका छैनन्।

गत सिजन ला लिगा उपाधि जित्न समेत असफल भएको थियो।

Maruti Cement