रोनाल्डोको दुई गोलको मद्यतमा युभेन्टस विजयी

एजेन्सी। इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा क्रिष्टियानो रोनाल्डोको दुई गोलको मद्यतमा युभेन्टस विजयी भएको छ।

युभेन्टसले काग्लिएरीलाई २–० गोलले पराजित गरेको हो।

युभेन्टसका लागि रोनाल्डोले खेलको ३८औँ र ४२औँ मिनेटमा गोल गरेका हुन्। रोनाल्डोले जारी सिरी ए मा पाँचै खेलमा गोल गरेका छन्।

जितपछि दोस्रो स्थानको युभेन्टसको ८ खेलबाट १६ अंक भएको छ। शीर्ष स्थानको एसी मिलानको सात खेलबाट १७ अंक छ।

अन्य सम्बन्धित समाचार:  पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह