महेन्द्रनगरमा दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी घाइते

महेन्द्रनगर। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा शनिबार राति ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा परी ति महिलाका श्रीमान् र छोरी गम्भीर घाइते भएका छन्।

कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्र्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रामेश्वरी जोशीको मृत्यु भएको हो।

मोटरसाइकल चालक रामेश्वरीका श्रीमान् डम्बरदेव तथा उनी १५ वर्षीया छोरी ममता घाइते भएको प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। डम्बरदेवको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

ममतालाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ। प्रहरीले ट्र्याक्टर चालक शुक्लाफाँटा नगरपालिका–१२ का लक्की रानालाई नियन्त्रणमा लिएको छ।

अन्य सम्बन्धित समाचार:  देउवासँग मिलेर संयुक्त सरकार बनाउन प्रचण्ड र माधवको प्रस्ताव