ओम अस्पतालका संस्थापक डा ध्रुव शर्मा मुडभरीको कोरोनाबाट मृत्यु

काठमाडौं। ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

शर्माको ७७ वर्षको उमेरमा शनिबार ओम अस्पतालमा मृत्यु भएको हो। उनी १५ दिन अघि कोरोना भाइरसबाट संक्रमित भएका थिए।

अस्पतालका अनुसार शर्मालाई कडा निमोनिया भएको थियो। उनको आइसियुमा उपचार भइरहेको थियो।

शर्मा तत्कालीन राजा वीरेन्द्र शाहका चिकित्सक रहेका थिए। उनी वीर अस्पतालका निर्देशक समेत रहेका थिए।

अन्य सम्बन्धित समाचार:  नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज खोप