काबुलमा रकेट आक्रमणबाट ८ को मृत्यु

एजेन्सी। अफगानिस्तानको राजधानी काबुलमा रकेट आक्रमणमा परी आठ जनाको मृत्यु भएको छ।

आतंककारी समूहले शनिबार २३ राउण्ड रकेट आक्रमण गरेको त्यहाँका सरकारी अधिकारीहरूले बताएका छन्।

आक्रमणबाट ३१ जनाभन्दा बढी घाइते भएका छन्। अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको संलग्नता रहेको आरोप लगाएको छ।

गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताए।

अन्य सम्बन्धित समाचार:  जेरुसलमको मस्जिदमा झडप हुँदा १७८ जना घाइते