विराटनगरमा कोरोनाबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु

विराटनगर। कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा थप एक स्वास्थ्यकर्मीको मृतयु भएको छ।

कोरोनाबाट नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सहसचिव गौरीशंकर देवको मृत्यु भएको हो। उनको विराटनगरस्थित नोवेल अस्पतालमा शनिबार राति भएको हो।

सप्तरीको राजविराज घर भएका ५४ वर्षीय देव सिराहास्थित कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको रुपमा कार्यरत थिए।

उनी ३० वर्षदेखि स्वास्थ्य सेवामा आवद्ध थिए।

अन्य सम्बन्धित समाचार:  विदेशमा थप ३ जना कोरोना संक्रमित नेपालीको मृत्यु