एजेन्सी। सरकार विरोधी प्रदर्शनकारीले ग्वाटेमालाको संसद भवनमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन्।
संसद भवन भित्र सयौँ प्रदर्शनकारी प्रवेश गरी छोडफोड तथा आगजनी गरेका हुन्। उनीहरुलाई दंगा प्रहरीले तितरवितर पारेको छ।
ग्वाटेमाला शहरमा रहेको उक्त भवनमा आक्रमण तथा आगजनी हुँदा कोही पनि थिएनन्। क्षतिको विवरण एकिन हुन नसकेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।
संसदले बुधबार राति बजेट पारित गरेको थियो। त्यसैको विरोधमा विपक्षीले प्रदर्शन गरेका हुन्। उनीहरुले राष्ट्रपति एलेजान्ड्रो गिएम्याट्टेइले राजीनामा दिनु पर्ने माग गर्दै आएका छन्।