विप्लव समूहको अर्थ विभाग प्रमुखसहित दुई पक्राउ

बालिका बलात्कार

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको केन्द्रीय अर्थ विभागका प्रमुख प्रेम दर्नालसहित दुई नेता पक्राउ परेका छन्।

उनीहरुलाई प्रहरीले नख्खु क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ पर्ने अर्का अर्थ विभाग सदस्य सञ्जिव नेपाली रहेका छन्।

नख्खु क्षेत्रमा व्यवसायीसित बैठक गरी छलफल गरिरहेको अवस्थामा दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो।

दुवै जनामाथि जबर्जस्ती चन्दा असुली र धम्कीको भियोग लगाइएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक, प्रचण्ड–माधवलाई पनि एसएमएस